Logo

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेदवार दोब्बर मतले अगाडि



काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको सात प्रदेशमध्ये कोशी र लुम्बिनीमा मतगणना सुरु भएको छ । दिउँसो तीन बजेपछि बसेको सर्वदलीय बैठकमा भएको सहमति अनुसार मतगणना सुरु भएको हो ।

लुम्बिनीमा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भइसकेको छ ।

लुम्बिनीको प्रारम्भिक मतगणनामा महिला कोटामा विष्णु कुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसा कुमारी केसी १,५३७ मत पाएकी छन् ।

त्यसैगरी विजयालक्ष्मी सिंह २१२ मत पाउँदा अहिलेसम्म १०६ मतभार बदर भएको छ । त्यस्तै अन्य कोटामा झक्कु सुवेदी २७५६,झपेन्द्र बहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन् ।

सापकोटा र सुवेदी दुवै सत्ता गठबन्धनका साझा उम्मेदवार हुन



प्रतिक्रिया दिनुहोस्