Logo

‘तोरीमा कोदो मिसाएपछि तेल हैन,पीना निस्कन्छ,मायामा घात भए सम्बन्ध तोड !’



काठमाडौं,१२ माघ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशको मत परिणामलाई लिएर भइरहेका टिप्पणीमाथि कटाक्ष गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत् प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता बाँस्कोटाले कोशीको परिणामलाई तोरीमा कोदो मिसाएपछिको नतिजाका रूपमा कटाक्ष गरेका छन् ।

‘राष्ट्रिय सभामा कोशीबाट रुक्मणी कोईरालाको जीतपछि गठबन्धनमा घातको रोईलो सुनियो।तोरीमा कोदो मिसाएपछि तेल हैन,पीना निस्कन्छ । गठबन्धनद्वारा क्रमशः हाईज्याक र संकुचीत पारिएको हिप्पोक्रेसीका विरुद्द र मतदाताले गरेको वाईडर डेमेक्रेटिक अभ्यासको परिणाम हो।सजिलो छ,मायामा घात भए सम्बन्ध तोड’ उनले भनेका छन् ।

बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार चम्पा कार्कीलाई हराउँदै नेकपा एमालेकी रुक्मिणी कोइरालाले अप्रत्यासीत जित निकालेकी थिईन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी कार्कीले ४ हजार ९ सय ९२ मतभार मात्रै पाइन्। कांग्रेसका सिटौलाले पनि गठबन्धनका सबै प्रदेशसभाको सांसदको मत पाएनन्। ४७ मध्ये ४५ मात्रै पाए। file photo



प्रतिक्रिया दिनुहोस्