Logo

अपराजित पुलिसलाई कर्णालीले दियो १७२ रनको चुनौति, निश्चलको अर्धशतक



काठमाडौं,१२ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशले विभागीय टिम नेपाल पुलिस क्लबलाई १७२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली ४२।१ ५ ओभरमा १७१ रनमा अलआउट भयो । कर्णालीका लागि ओपनर निश्चिल रावलले अर्धशतक प्रहार गरे । १०७ बलको सामना गर्दै रावलले ६ चौकाको मद्दतमा ५० रन जोडे । यस प्रतियोगितामा उनको यो पहिलो अर्धशतक हो ।

त्यस्तै कप्तान रविन्द्र शाही ४० रनमा आउट हुँदा अर्जुन घर्तीले २३ तथा दिवान पुनले २० रन थपे । युनिस सिंह र अर्जुन घर्ती शून्य रनमा आउट हुँदा १५ रन कर्णालीले अतिरिक्तमा पाएको थियो ।

प्रधानमन्त्री कपमा पुलिस हालसम्म अपराजित रहेको छ । ५ खेलबाट शतप्रतिशत जितसहित १० अंक जोडेर शीर्ष स्थानमा रहँदा कर्णाली सातौ स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot