Logo

निर्वाचित भएपनि माधव नेपाललाई हराउँदाझैं खुसी छैनन् झक्कु सुवेदी



काठमाडौं, १२ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले आफूले अहिले साधारण प्रतिस्पर्धीलाई हराएर निर्वाचित भएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माधव नेपाललाई हराउँदाको जस्तो चर्चा नभएको बताए ।

‘अहिले त अब त्यति नाम थाहा छैन । माधव नेपाल त अब त्यसबेला नेकपा (एमाले) को महासचिव हुनुहुन्थ्यो र उहाँले मलाई चर्चामा ल्याउनु भयो । अहिलेको उम्मेदवार त साधारणनै हुनुहुन्छ । अहिले राष्ट्रिय सभा सदस्यमा जिताउन उहाँ (माधव नेपाल) को पनि महत्वपूर्ण भूमिका रह्यो,’– नेता सुवेदीले भने ।

आफूले माधव नेपाललाई हराएको नभएर चुनावी प्रतिस्पर्धामा जाँदा काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूलाई विजयी गराएको उनले बताए । निर्वाचनबाट माओवादी राष्ट्रिय सभामा पहिलो पार्टी बनेपनि कोशीमा चम्पा कार्कीले हार व्यहोर्नुले राम्रो संकेत नगरेको उनको भनाइ छ । कोशीमा घात भएपनि लुम्बिनीमा भने कांग्रेसकी उम्मेदवार विष्णु सापकोटा र आफ्नो बराबरी मत आएको उनले बताए ।

‘राष्ट्रिय सभामा पहिलो पार्टी त बन्यो । हामीले सबै ठाउँमा जित्नुपथ्र्यो । कोशी प्रदेशमा हाम्रो उम्मेदवारको हार भयो । त्यहाँ अलि मिलेन । अरु ठाउँ त धेरै राम्रो सहकार्य भयो । लुम्बिनी प्रदेश जहाँ म उम्मेदवार भएको थिए, त्यहाँ त बराबर मत आयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्