काठमाडौं,१२ माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा शुक्रबार दिउँसो टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको हो ।
अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ । दुई देशबीचको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि शुरू हुँदैछ ।
पालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।
नेपालले पछिल्लो खेलमा पाकिस्तानबाट दुर्गेश गुप्ता र उत्तमथापा मगरलाई बेञ्चमा राखेको छ । तिलक लेगस्पिनर हुन् । दीपक फिनिसर हुन् ।
यसअघिका दुवै खेलमा पराजित नेपाललाई सुपर सिक्समा प्रवेश गर्न आज जित्नैपर्नै दबाब छ । नेपाल यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तानलाई पनि नेपालजस्तै जित्नै पर्ने दबाब छ । अफगानिस्तानले पनि यसअघि पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजय व्यहोरेको थियो । आजको खेलमा जीत निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ ।