Logo

नेपालले लियो अफगानिस्तानको लगातार दुई विकेट



काठमाडौं,१२ माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा शुक्रबार दिउँसो टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको हो ।

पहिला बलिङ गरिरहेको नेपालले लगातार २ विकेट हात पारेको छ । नेपालका लागि गुल्सन झा ले पहिलो ओभरमै सफलता दिलाएका छन् । उनले पहिलो अ‍ोभरको तेस्रो बलमा नै अफगानिस्तानका ओपनर नुमर साहलाई आउट गरेका हुन् । उनी पहिलो बलमै आउट भएका छन् । त्यस्तै १।३ ओभरमा ेनपालका लागि दोस्रो विकेट आकाश चन्दले दिलाएका छन् । उनले खालिद तानिवालको विकेट लिएका हुन् । उनी पनि शून्य रनमै आउट भए ।

हिला ब्याटिङ गरिरहेको अफगानिस्तानले २ रन जोड्दा २ विकेट गुमाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot