Logo

दीपशिखा भन्छन्, ‘बेइमानीले दिएको शिक्षा माओवादी पुनः जनतामा फर्कने नै हो’



काठमाडौं, १२ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले घात र बेइमानीले पुनः जनतामा फर्कनुपर्ने शिक्षा दिएको टिप्पणी गरेका छन् । उनले माओवादी शक्तिहरुबीचको एकता, रुपान्तरण र पुनः जनतामा फर्कनुपर्ने आवश्यकता औंल्याएका छन् ।

त्यसका लागि पहिला माओवादी ध्रुबहरु एकीकृत हुन आवश्यक रहेको उनले बताएका छन् । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलकी साझा उम्मेदवार रहेकी माओवादी नेतृ चम्पा कार्कीले चुनाव हारेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘घात, बेईमानी या अरू केहिले दिएको शिक्षा भनेको माओवादी शक्तिहरूबीचको एकता, रूपान्तरण र पुनःजनतामा फर्कने नै हो । पहिला माओवादी ध्रुबहरू एकीकृत होऔं,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot