Logo

सुशील गर्बुजाको हत्यामा संलग्न चार जना पक्राउ



काठमाडौं, १२ माघ । सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले आज सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न धवलागिरि गाउँपालिका–४ का अमृत पुर्जा, शङ्कर घर्ती, रघुगङ्गा–७ का १९ वर्षीय उत्सव पुन र मङ्गला गाउँपालिका–२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले बताए । ।

ज्यानसम्बन्धी कसुर/मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार छातीमा चक्कु प्रहार गरेर सख्त घाइते बनाइएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot