Logo

कांग्रेसले देशका लागि सबैभन्दा बढि सत्कर्म गरेको विश्वप्रकाशको दाबी



काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशका लागि सबैभन्दा बढि सत्कर्म गरेको दाबी गरेका छन् । आज (शनिबार) झापाको भद्रपुरबाट समुदायमा कांग्रेस संवाद यात्राको थालनी गर्दै उनले कांग्रेसले जनतालाई स्वतन्त्रता दिलाउनm समावेशिताको प्रारम्भ गर्न, लोकतन्त्र स्थापना गर्न र शान्ति स्थापना गर्न सबैभन्दा बढि भूमिका निर्वाह गरेको दाबी गरेका हुन् ।

‘नेपाली कांग्रेस पार्टीले यो देशका लागि सबैभन्दा बढि सत्कर्म गरेको छ । जनतालाई चाहिएको स्वतन्त्रता दिलाउन होस्, समावेशिता प्रारम्भ गर्ने, लोकतन्त्र स्थापना गर्ने होस् या शान्ति स्थापना गर्ने होस् । तपाईँहरुले उज्यालो अनुहार बनाएर हामीले गरेको कार्य नागरिकको बीचमा राख्नुनै छ,’– उनले भने ।

कांग्रेसले देशका लागि राम्रा काम गर्दैगर्दा केही कमजोरीहरु पनि गरेको स्वीकार गर्दै उनले ती कमजोरीहरुप्रति आत्मालोचना गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए । उनले कांग्रेसले यो देशको सपनालाई बोकेर साकार पार्ने उनको भनाइ छ ।

‘हामीले यतिधेरै कर्म गरिराख्दा पनि हामीप्रति थुप्रै गुनासाहरु पनि छन् । समुदायमा कांग्रेस भन्दैगर्दा नागरिक पंतिमा किन वितृष्णा छ ? किन गुनासो छ ? जनतालाई कहाँ दुखिरहेको छ ? यी विषयका बारेमा पनि तपाईँ हामी संवादमार्फत सुन्छौं,’– महामन्त्री शर्माले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot