Logo

ओली र गगनको अभियान जनता झुक्याउने खेलमात्रैः प्रभु साह



काठमाडौं, १३ माघ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशको बागडोर सम्हालेका नेकपा (एमाले) र नेपाली कांग्रेसले विभिन्न अभियानको नाममा जनता झुक्याउने काम गरेको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाले जनतालाई गुमराहमा राख्न संकल्प यात्रा, संवाद यात्रा, मेची महाकाली अभियान लगायतका विभिन्न नाम दिएर अभियान अगाडि बढाएका आरोप लगाएका हुन् ।

‘देशको बागडोर सम्हालेका प्रमुख पार्टीहरुले विकास, समृद्धि र सुशासनको योजना लिएर जनतामा जानुपर्ने । आज जनतालाई गुमराह बनाउन र झूठ आश्वासन दिन प्रमुख पार्टीहरुले कथित अभियान चलाई रहेकाछन ।’ उनले भने, ‘प्रमुख पार्टीहरुले सुरू गरेका संकल्प यात्रा, संवाद यात्रा, मेची महाकाली अभियान लगायतका अभियानहरु जनता झुक्याउने खेलमात्र हो ।’

एमालेले केही समयअघि ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सञ्चालन गरेको थियो । त्यसैगरी आजबाट कांग्रेस महामन्त्री गगन थापाले समुदायमा कांग्रेस संवाद यात्राको थालनी गरेका छन् । उनले एमाले र कांग्रेस महामन्त्री शर्माको अभियानलाई ‘जनता झुक्याउने खेल’ को रुपमा चित्रण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot