Logo

बुबाको किरियापुत्री बसिन् नेतृ उषाकला राई



काठमाडौं, १३ माघ । नेकपा (एमाले) की नेतृ एवं संविधान सभा सदस्य उषाकला राई आफ्ना बाबु इन्द्र राईको किरियापुत्री बसेकी छन् । इन्द्र राईको माघ ११ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

निधनपछि दागबत्ती दिएर उषाकला घरमै किरियापुत्री बसेकी हुन् । उषाकला स्वर्गीय इन्द्र राईको एकमात्र सन्तान हुन् । उषाकला २०७५ सालमा आमा लक्ष्मी राईको निधन हुँदा पनि आमाको किरियापुत्री बसेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्