Logo

भ्रष्टाचारविरुद्ध काठमाडौंमा खबरदारी र्‍याली गर्दै आजपा, पूर्वतयारी अन्तर्गत भेला र अन्तरक्रिया सम्पन्न



काठमाडौं, १३ माघ । आम जनता पार्टीको उपत्यका समन्वय कमिटीद्वारा आयोजित भेला एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंका विभिन्न स्थानमा सम्पन्न भएको छ । काठमाडौंमा आगामी माघ २० गते हुने भ्रष्टाचारविरुद्धको मोटरसाईकल र्‍यालीको तयारीका सन्दर्भमा आजपाले आज विभिन्न स्थानमा भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

आजपाले काठमाडौंको जोरपाटीस्थित एङ्ग्रीमा हिलसिटी होटेल, भक्तपुरको शङ्खधर चोकस्थित एचु पार्टी प्यालेस, ललितपुरको बालकुमारी होटल लगायतका विभिन्न ठाँउमा भेला एवं अन्तरक्रिया कार्यक्रम गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot