Logo

सुनिल बिसीको आधुनिक गीत ‘तिम्रो मन बदलियो’ ट्रेन्डिङ्गमा



काठमाडौं, १३ माघ । सर्जक सुनिल बिसीको आधुनिक गीत ‘तिम्रो मन बदलियो’ युट्युब ट्रेन्डिङ्गमा परेको छ। युट्युबमा अपलोड गरेको ५ दिनपछि युट्युब ट्रेन्डिङ्ग चार नम्बरमा आइपुगेको हो।

प्रमोद खरेलको आवाज रहेको गीतमा स्वय‌ बिसीकै शब्द, संगीत र लय रहेको छ। बिसीले आफ्नै युट्युब च्यानलबाट अपलोड गरेको उक्त गीतको भिडियो बिक्रम चौहानले निर्देशन गरेका छन् भने बिक्रम बुढाथोकी, नुमा भुजेल र रमेश बस्नेतले अभिनय गरेका छन्। बिसीका यस अगाडि रुवाउने हजार, उसलाई पाउन, माया कस्तो हुन्छ लगायतका गीतहरू चर्चामा छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot