Logo

लिङदेनलाई रेखा थापाको जवाफ: देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाउनु, अमेरिकामा किन राखेको



काठमाडौं,१४ माघ । राप्रपा नेतृ तथा कलाकार रेखा थापाले आफ्नो अमेरिका बसाइलाई लिएर पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले गरेको टिप्पणीप्रति कडा शब्दमा जवाफ फकाएकी छन् ।

लिङ्देनले शनिबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा रेखाप्रति घुमाउरो टिप्पणी गर्दै देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।

उनले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो! अमेरिकामा किन राखेको ?’

राप्रपा निकट स्रोतका अनुार अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । उनी उच्च शिक्षा अध्ययनका लागि एक वर्षअघि गएको निकट स्रोतले जनाएको छ ।

रेखा गएको राप्रपाको केन्द्र्रीय महाधिवेशनमा अध्यक्ष लिङदेनको प्यालनबाट महामन्त्रीमा उठेकी गिईन् । तर, उनी कुन्ती शाहीसँग पराजित भइन् । हाल गर्भवती रहेकी रेखा बच्चा जन्माउनकै लागि भनेर एक महिनाअघि देखिनै अमेरिका रहेकी छन् । यता नेपालमा भने उनको अमेरिका बसाइलाई लिएर आलोचना हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्