Logo

‘समुदायमा कांग्रेस अभियान’: कुन प्रदेशमा को खटिए ?(सूचीसहित)



काठमाडौं,१४ माघ । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान अन्तर्गत नेताहरूलाई विभिन्न प्रदेश र जिल्लाको जिम्मेवारी दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सुरु भएको उक्त अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिइसकेको कांग्रेसले जनाएको छ ।

टोलीमा केन्द्रीय नेतृत्वसँगै प्रदेशले तोकेका पदाधिकारीहरू पनि सरिक रहनेछन् । तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने कांग्रेसले जनाएको छ ।

टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ ।

कुन नेता कहाँ खटिए ?

कोशी प्रदेश
डा.शेखर कोइराला- झापा र सुनसरी
डा.नारायण खड्का- संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
बलबहादुर केसी- मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला
प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा, वागमतीको सिन्धुली र मकवानपुर
महालक्ष्मी उपाध्याय ‘डिना’- बारा, पर्सा, रौतहट र सर्लाही वागमतीको धादिङ र चितवन

वागमती प्रदेश
डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
पुष्पा भुसाल- ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश
महेन्द्र यादव- तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
प्रदीप पौडेल- कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश
विमलेन्द्र निधि- रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
डा डिला संग्रौला- कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेश
डा शशांक कोइराला- दैलेख, सल्यान र सुर्खेत

सुदुरपश्चिम् प्रदेश
भिष्मराज आङ्देम्बे- कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कंचनपुर



प्रतिक्रिया दिनुहोस्