Logo

नेविसंघद्वारा आयोजित ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ अन्तर्राष्ट्रिय प्रतियोगिता जारी (फोटोफिचर)



काठमाडौं, १४ माघ । नेपाल विद्यार्थी (नेविसंघ) को आयोजनामा काठमाडौँस्थित दशरथ रङ्गशालामा ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ अन्तर्राष्ट्रिय प्रतियोगिता जारी रहेको छ । गत शुक्रबारदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता भोलिसम्म जारी रहने छ । सृजना र आविष्कारका प्रतिक “विश्वकर्मा” प्रतियोगितामा सहभागीले आ–आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्दै नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट १७ वटा समुहले प्रतिस्पर्धा गरिरहेका छन् ।

खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ट प्रतिबिम्बित गर्ने गरी प्रतियोगितामा प्रत्येक प्रतियोगी समुहले आफैंले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एक आपसमा भिडाई उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गर्ने नेविसंघले जनाएको छ ।
े प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख ५० हजार, दोश्रो हुने समुहलाई एक लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुने एक समुहले एक लाख नगद पुरस्कार प्रदान गरिने नेविसंघले जनाएको छ । उक्त प्रतियोगितामा पुरस्कारको जम्मा राशी ६ लाख तय गरिएको छ भने कार्यक्रमको कूल अनुमानित लागत ३० लाख रहेको छ । प्रतियोगितामा नेविसंघले सबै समूह, सहभागी, आमन्त्रित अतिथि र स्वयम्‌सेवकलाई खानासहित आवासको सुविधा उपलब्ध गराएको छ ।

त्यसैगरी प्रतियोगिताको प्राविधिक साझेदार बलियो भेन्चर्स रहेको छ । जसले नेपालको हालसम्मकै सबैभन्दा सुसज्जित र सुरक्षित रोबोटिक वार प्रतियोगिता क्षेत्रको व्यवस्थापन एवं सुपरिवेक्षण गर्नेछ । यस प्रतियोगिताका मुख्य प्रायोजकहरू स्टिंग , राष्ट्रिय वाणिज्य बैंक र फ्याफुल्ला साउण्ड सिस्टम रहेका छन् ।

प्रतियोगिताको उद्घाटन र समापन समारोहमा प्रमुख अतिथिका रुपमा काँग्रेस पदाधिकारी वा केन्द्रीय स्तरका नेतालाई आमन्त्रण गरिएको नेविसंघले जनाएको छ । साथै विशिष्ट अतिथिका एवं अतिथिका रुपमा विज्ञान, प्रविधि र नव प्रवर्तन क्षेत्रमा योगदान गरेका व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ ।

नेपालमै दोस्रो पटक आयोजना भईरहेको उक्त प्रतियोगितामा पहिलो दिन कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महत थिए । कार्यक्रममा नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पा, नेविसंघ केन्द्रीय सदस्यहरु र अन्य नेताहरू र विभिन्न क्याम्पसका स्ववियु सभापति र स्ववियु प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले उक्त प्रतियोगिता आयोजना गरिएको नेविसंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot