Logo

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको एमाले महासचिव पोखरेलको स्पष्टोक्ति



काठमाडौं, १४ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल सधैं एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । आज (आइतबार) चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तर्क्रिया कार्यक्रममा उनले नेपाल एक चीन नीतिको पक्षमा रहेको र आगामी दिनमा पनि नेपालको नीति सोही रहने बताएका हुन् ।

उनले आफूहरुले दुई छिमेकी देशहरुलाई विश्वासमा लिएर काम गर्ने बताउँदै अरुले छरेका भ्रममा परेर चीनले चिन्ता गर्नुपर्ने विषय नरहेको बताए । साथै, उनले कोरोना महामारीका बेलामा बन्द भएका नाकाहरु खोल्ने वातावरण बनाउन आग्रह गरे । उनले विआरआई परियोजना परिचानको काम छिटो गर्नु आवस्यक रहेको धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्