Logo

प्रधानमन्त्री कप क्रिकेटमा तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बने विनोद भण्डारी



काठमाडौं,१४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध सुरुआतमा ब्याटिङ गरेको आर्मीका लागि कप्तानसमेत रहेका विनोदले १३२ बलमा ६ चौका र ३ छक्का हिकाएका हुन् । उनले खेलको अन्तिम ओभरमा प्रकाश जैसीको बलमा २ रन लिँदै आफ्नो शतक पूरा गरेका हुन् ।

यो शतकसँगै विनोदले प्रधानमन्त्री कपको एउटै संस्करणमा दुई शतक प्रहार गर्ने एक्ला खेलाडी तथा प्रधानमन्त्री कपमा तीन शतक हान्ने पनि एक्लो खेलाडी बनेका छ्न । उनले मधेश प्रदेशविरुद्ध ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

उनले २०२१ को प्रधानमन्त्री कपमै पहिलो शतक प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरीपश्चात प्रधानमन्त्री कपमा दोस्रो शतक हान्ने उनी दोस्रो खेलाडी हुन् । उनले २०२१ को मेयर्स कपमा पनि शतक प्रहार गरेका थिए ।

नेपालमा हालसम्म प्रधानमन्त्री कप क्रिकेटमा दुई शतक हान्ने खेलाडीमा दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी रहेका थिए । जारी प्रधानमन्त्री कपको यो नवौं शतक हो । यसअघि आर्मीकै रासिद खान, कोशीबाट सुजन थपलिया, मधेशबाट अनिल साह र मयन यादव, एपीएफका सन्दीप जोरा, सुदूरपश्चिमबाट नरेन भट्ट र बागमतीका आाशुतोष घिरैयाले शतक प्रहार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्