Logo

छैटौं विकेटका लागि प्रधानमन्त्री कप क्रिकेटमा हालसम्मकै ठूलो साझेदारी



काठमाडौं,१४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई २८० रनको विशाल लक्ष्य दिएको छ ।

कप्तान बिनोद भण्डारी र बसिर अहमदको कीर्तिमानी साझेदारीको मद्दतले त्रिभुवन आर्मी क्लबले जारि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश विरुद्ध विशाल योगफल खडा गरेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो ।

बिनोद र बसिरले १६९ रनको साझेदारी गर्दै छैठौ विकेटका लागि प्रधानमन्त्री कप इतिहासको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०१९ मा दिलिप नाथ र कुशल भुर्तेलले कर्णाली विरुद्ध नेपाल पुलिस क्लबका लागि बनाएको कीर्तिमानी साझेदारी मंग गरे ।

कुशल र दिलिपले कर्णाली प्रदेश विरुद्ध नै १३९ रनको साझेदारी गरेका थिए ।

बिनोदले शतक समेत पुरा गरे । इनिङको अन्तिम बलमा दुई रन लिँदै उनले शतक पुरा गरेका थिए । उनी १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै १०० रनमा अविजित रहे । बसिर भने शतक बनाउनबाट चुके । उनी ९२ बलमा १२ चौका र १ छक्का सहित ९८ रनमा नटआउट रहे । २२औ ओभरमा १००-५ को अवस्थाबाट कप्तान बिनोद भण्डारी र बसिर अहमदले इनिङ सम्हालेका थिए ।

यो शतकसँगै विनोदले प्रधानमन्त्री कपको एउटै संस्करणमा दुई शतक प्रहार गर्ने एक्ला खेलाडी तथा प्रधानमन्त्री कपमा तीन शतक हान्ने पनि एक्लो खेलाडी बनेका छ्न । उनले मधेश प्रदेशविरुद्ध ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

उनले २०२१ को प्रधानमन्त्री कपमै पहिलो शतक प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरीपश्चात प्रधानमन्त्री कपमा दोस्रो शतक हान्ने उनी दोस्रो खेलाडी हुन् । उनले २०२१ को मेयर्स कपमा पनि शतक प्रहार गरेका थिए ।

नेपालमा हालसम्म प्रधानमन्त्री कप क्रिकेटमा दुई शतक हान्ने खेलाडीमा दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी रहेका थिए । जारी प्रधानमन्त्री कपको यो नवौं शतक हो । यसअघि आर्मीकै रासिद खान, कोशीबाट सुजन थपलिया, मधेशबाट अनिल साह र मयन यादव, एपीएफका सन्दीप जोरा, सुदूरपश्चिमबाट नरेन भट्ट र बागमतीका आाशुतोष घिरैयाले शतक प्रहार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot