Logo

बालेन, हर्क र गोपीले भोट नहालेको भन्दै राष्ट्रपतिसमक्ष प्रमुख निर्वाचन आयुक्तको असन्तुष्टि



काठमाडौं,१४ माघ । बिहीबार सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको मतपरीणाम राष्ट्रपतिसमक्ष पेश भएको छ । आइतबार दिउँसो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालय शीतलनिवास पुगर राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरीणाम बुझाएका हुन् ।

मत परीणाम बुझाउँदै प्रमुख आयुक्त थपलियाले आफूले चुनाव जित्नेबेला अरुसँग भोटमाग्ने तर, आफूले अरुलाई भोट नहाल्ने विषय लोकतन्त्रका लागिघातक हुने बताएका छन् ।

राष्ट्रिय सभा चुनावमा काठमाडौं‌ महानगरपालिकाका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपाल हमाल र धरान उपमहानगरका मेयर हर्क साम्पाङले मतदान गर्न गएका थिएनन्।

त्यसप्रति असन्तुष्टि जनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपतिसँग भनेका छन्, ‘आफू निर्वाचित हुनका लागि अर्काको मत खोज्ने तर आफूले अरूलाई मतदान गर्न सहभागी नहुने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन्छ।’



प्रतिक्रिया दिनुहोस्