Logo

प्रदेशका कानुनमन्त्रीहरू काठमाडौंमा, सीडीओलाई प्रदेश मातहत राख्नुपर्ने माग



काठमाडौं, १४ माघ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई प्रदेश मातहतमा राख्नुपर्ने माग गरेका छन् । काठमाडौंमा रहेका सातै प्रदेशका कानुन मन्त्रीहरुले आज गृहमन्त्रीसँग प्रहरी समायोजनबारे छलफल गर्दै सीडिओलाई प्रदेश मातहतमा राख्न सुझाव दिएका हुन् ।

प्रहरी समायोजनबारे आवश्यक निर्णय लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी माघ १७ गते राष्ट्रिय परिषद् समन्वय समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले बोलाएको बैठकअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रदेशका कानुनमन्त्रीहरुले प्रहरी समायोजनबारे छलफल गरेका हुन् ।

सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन बमोजिम सीडीओलाई संरचनागत रूपमा प्रदेशको कानुनमा बाँध्नुपर्ने प्रदेशका कानुन मन्त्रीहरुको माग छ ।



प्रतिक्रिया दिनुहोस्