Logo

पद्मा अर्यालको दाबी: टीआरसी विधेयक भारतले नै टुंग्याउन दिँदैन



काठमाडौं,१५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज पद्मा अर्यालले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन एमाले सदैव तयार रहेपनि सरकारले नै नचाहेको आरोप लगाएकी छन्

आइतबार लुम्बिनी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै पूर्वमन्त्रीसमेत रहेकी अर्यालले सरकारसँग अरु विषयमा असहमति भए पनि संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सहयोग रहने बताएकी हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका नामबाट सत्ता चलाएको अवस्था रहे पनि प्रधानमन्त्रीको कुर्सी डगमगाउला भनेर लम्पसार भइरहेकोबताइन् । सचिव अर्यालले टीआरसी विधेयक भारतले नै टुङ्गो लगाउन नदिने स्पष्ट रहेको दाबी गरेकी छन् ।

फरक प्रसंगमा अर्यालले देश बचाउने जिम्मा एमालेको काँधमा आएको बताइन् । अर्यालले भनिन ‘अर्थतन्त्रका पछिल्ला तथ्याङ्क डरलाग्दा आएका छन् । राजश्व उठ्ने क्रम पहिलाभन्दा प्रतिमहिना चार अर्ब कम छ । प्रतिमहिना एक खर्ब १५ अर्ब १४ करोड व्यापार घाटा छ । बीस करोड रुपियाँसम्म भारतले नेपालमा आएर सिधै खर्च गर्ने व्यवस्था डरलाग्दो भएको र यो नेपाल कब्जा गर्ने रणनीति अन्तर्गत हो’ ।

उनले सरकारका सबै प्रकारका कुकर्मलाई जनताका बीच राखेर राजनीतिको कोर्स परिवर्तन अबको आवश्यकता रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot