Logo

महोत्तरीमा वडा स्तरीय समुदायमा कांग्रेस अभियान भोलिदेखि



काठमाडौं, १५ माघ । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार महोत्तरीको एक सय ३६ वडाहरुमा भोलिदेखि “समुदायमा कांग्रेस अभियान” सुरु हुने भएको छ । सहिद दिवस (माघ १६) का अवसरमा पार्टी कार्यालय जलेश्वरबाट अभियानको शुरूवात गरी प्रत्येक वडामा पुग्ने तयारी रहेको कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार केन्द्रले ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियानको नारा तय गरेको छ । जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको प्रचार प्रमुखले वताए ।

महामन्त्री गगन थापाको हुलाकी राजमार्गको यात्रालाई भव्य स्वागत तथा सफल बनाउन महोत्तरी जिल्ला समितीले पनि अभियान सञ्चालन गरेको उनले बताए । सो अभियान सञ्चालनको लागि कांग्रेस केन्द्रिय प्रतिनिधिको रूपमा पदम नारायण चौधरीलाई खटाइएको छ ।

कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवको अध्यक्षतामा बसेको बैठकले महोत्तरीको सबै वडामा अभियान संचालन गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot