Logo

अपराजित पुलिसलाई गण्डकीले दियो १७१ रनको लक्ष्य



काठमाडौं,१५ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम नेपाल पुलिसलाई गण्डकी प्रदेशले १७१ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी मैदानमा टस हारेको गण्डकीले ३८।३ ओभरमा अलआउट हुँदै १७० रन जोड्यो । गण्डकीका लागि अमृत गुरुङले अर्धशतक प्रहार गरे ।३९ बलमा उनले ८ चौका र २ छक्का हिर्काउँदै ५० रन जोड्दा कमल परियार र करण पंगेनीले समान ३० रन थपे भने समिर कँडेलले २९ र कृष ऐरनले १० रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ पुलिसका रासिद खानले ५ तथा करण केसी र ललित राजवंशीले समान २ विकेट लिए । ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको पुलिसले आजको खेलमा जित निकालेमा शीर्ष २ मा रहँदै फाइनल खेल्ने पक्का हुनेछ । यता ७ खेलबाट ४ अंक जोडेको गण्डकी भने उपाधि होडबाट बाहिरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot