काठमाडौं, १५ माघ । एनसेल शेयर खरिद–विक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन बुझाएको छ । समितिले २ महिना लामो अध्ययन र छानविनपछि प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।
उक्त समितिको संयोजक पूर्व लेखापरीक्षक टंकमणि शर्मा रहेका थिए । सदस्यहरुमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए ।
े
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिई र प्रक्रिया समेत पुरा नगरी ८० प्रतिशत शेयर खरिद–विक्री गरेको र उक्त खरिद–विक्री अस्वभविक भएको भन्दै सरकारले छानविन समिति बनाएको थियो ।