Logo

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी



काठमाडौं । नेकपा एमाले म्याग्दीको १०औं जिल्ला अधिवेशनबाट बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन भएको छ ।

माघ १२ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशन माघ १२, १३ र १४ गते तीन दिनसम्म चलेको र सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको छ ।

रघुगङ्गा गाउँपालिका–३ का सुवेदीको अध्यक्षतामा निर्वाचित कमिटीको उपाध्यक्षमा बेनी नगरपालिका–७ का प्रमोद श्रेष्ठ, सचिवमा धवलागिरी गाउँपालिका–४ की थमसरा पुन चयन भएका छन् । त्यस्तै उप–सचिवमा अन्नपूर्ण गाउँपालिका–६ का खड्ग गिरी र मङ्गला गाउँपालिका–२ का सतप्रसाद रोका चयन भएको एमालेले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष सुवेदीलाई अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले आइतबार साँझ प्रमाणपत्र प्रदान गर्नुका साथै शपथ गराएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरूको पनि शपथ ग्रहण सम्पन्न भएको छ ।

नवनिर्वाचित अध्यक्षले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै मुलुकलाई अग्रगतिमा लैजान एमालेको नेतृत्व चाहिने र त्यसका लागि म्याग्दीबाटै सुदृढ अनि मजबुत एमाले बनाउँदै अग्रपंक्तिमा आफ्नो उपस्थिति देखाउनका लागि आफूहरू कटिबद्ध रहने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्