Logo

गृहिणी महिलाहरुलाई पेन्सन दिने व्यवस्था गर्न कांग्रेस सांसद पन्तको प्रस्ताव



काठमाडौं,१५ माघ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले गृहिणी महिलाहरुलाई पेन्सन दिने व्यवस्था गर्न प्रस्ताव गरेकी छन् ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा बो्ल्दै सांसद पन्तले सो प्रस्ताव गरेकी हुन् ।

सांसद पन्तले भनिन्, ‘घरेलु काममा रहेका महिलाहरुलाई पेन्सनको व्यवस्था हुनुपर्‍यो । नोमिनल नै किन नहोस् राज्यले त्यो (गृहिणी) महिलाहरुलाई पेन्सन दिने व्यवस्था गर्नुपर्‍यो ।’

पूर्व महिला बालबालिका राज्यमन्त्री रहेकी सांसद पन्तले बच्चा जन्माउने उमेरका युवाहरु अध्ययन र रोजगारीका विदेश गएको र उनीहरु विदेशमै बस्ने अवस्थाका कारणले नेपालमा युवा जनशक्ति घट्दै गएको बताइन् । यस्तो अवस्थाले भविष्यमा समेत ठूलो असर पर्न सक्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्