Logo

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले पारित गरेको २४ बुँदे प्रश्तावमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को दोस्रो बैठकले विभिन्न समसामयिक विषयमा २४ बुँदे प्रश्ताव पारित गरेको छ । बैठकले जाजरकोट र सल्यान,लगायत कर्णाली र सुदुर पश्चिम प्रदेशका विभिन्न भू–भागमा शक्तिशाली भुकम्प गई धनजनको ठूलो क्षति हुन गएको भएकोप्रति गम्भीर दुख ब्यक्त गरेको छ । साथै, सरकाले सुरुवाती समयमा तदारुकताका साथ उद्दार तथा राहतका लागि प्रयास गरेपनि ती कार्यहरु अपर्याप्त रहेको र पीडित जनताको जीवन कष्टकर बनिरहेको, बाल, बृद्ध,सुत्केरी, दीर्घ रोगीहरुको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको , दिनानुदिन बढिरहको चिसोले सम्पूर्ण जनजीवन नै कष्टपूर्ण बनेको एकीकृत समाजवादीको ठहर छ ।

बैठकले सरकारको तर्फबाट न्यानो तथा सुरक्षित आवास ब्यवस्थापन र तत्काल विशेष कार्यक्रम ल्याई पीडितहरुको आवास, स्वास्थ्य,तथा भौतिक आवस्यकताहरुको यथाशीघ्र परिपूर्ति गर्न माग गरेको छ ।

त्यसैगरी, एनसेलको सेयर न्यून मूल्यांकन गरी बिक्रि गर्ने र अर्बौ रकम कर छली गर्ने संगठित प्रयत्न गरेको घटनाप्रति यो बैठकको गम्भीर रुपमा ध्यानाकर्षण भएको एकीकृत समाजवादीले बताएको छ । एनसेल प्रकरणको सत्य तथ्यको खोजी गरी आर्थिक अपराध गर्न दुरुत्साहन गर्ने गराउने जोसुकैलाई कारवाही गर्न र एनसेलको स्वामित्व नेपाल सरकारमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष माग ध्यानाकार्ष गराएको छ । Photo By: Mukunda Kalikote/RN

यस्ता छन्, २४ बुँदे प्रस्तावहरुः



प्रतिक्रिया दिनुहोस्