काठमाडौं, १५ माघ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट आइएमई पे कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।
आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन , नेतृत्वदायी जनशक्ति ब्यवस्थापन , सहज ग्राहक सेवा , वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको रुपमा लिएको बताए ।
कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मुल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ ।