Logo

जिबी राईले प्रहरीमा सरेन्डर गर्न खोजेपछि रवि लामिछानेको छट्पटी बढेको एमाले नेता बस्नेतको दाबी



काठमाडौं, १६ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले प्रहरीमा आत्मसमर्पण गर्न खोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफ्नो पोल खुल्ने डरले छट्पट्टीमा रहेको आरोप लगाएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रविको मलेसिया र भारत भ्रमणको उद्देश्यनै जिबीलाई सम्झाउने र आफू सहकारी ठगी प्रकरणबाट बच्ने रहेको बताएका हुन् ।

‘रेडकर्नर नोटिस जारी गरेर जिबी राईलाई गिरफ्तारीको कुरा गरिरहँदा मैले प्राप्त गरेको सूचना चाहीँ जिवी राई प्रहरीमा आउने वातावरण बनेको र उनले रविका सबै कर्तुतहरु खोल्दिने कुरा गरेपछि रविको छट्पटाहट भारत, मेलेसिया लगायतका भ्रमणहरु जिबी राईलाई सम्झाउने हिसाबले अथवा आफू बच्ने प्रपञ्च रच्ने हिसाबले हो । जिबी राई भारतमै छन् कि भन्ने आँकलन गरिएको पनि मैले सुनेको छु,’– नेता बस्नेतले भने ।

रास्वपा सभापति लामिछानेलाई उनले काण्डैकाण्डको महानायकको संज्ञा दिए । रास्वपाभित्र रविलाई विस्तापित गराएर स्वर्णिम वाग्लेलाई अगाडि बढाउन पर्छ भन्ने बहस सुरु भइसकेको आफूले जानकारी पाएको नेता बस्नेतले बताए । नयाँ र वैकल्पिक शक्तिका रुपमा उदायका दलहरुको हालत र वर्तमान सत्ता गठबन्धनको मल्टिअग्र्यान फेलियरको अवस्थाले अब मुलुक अर्लिइलेक्सनको दिशामा अगाडि बढेको आफूले अनुभूत गरेको नेता बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस्