Logo

सरकार जुनसुकै बेला ढल्न सक्छ, मध्यावधिको सम्भावना बढ्योः महेश बस्नेत



काठमाडौं, १६ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार जुनसुकै बेला पनि ढल्न सक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार गठबन्धन दलभित्रकै आन्तिरिक विवादले मल्टिअग्र्यान फेलियर अवस्थामा पुगेको र जतिबेला पनि ढल्न सक्ने बताएका हुन् ।

साथै, वर्तमान सरकार ढलेर बन्ने वैकल्पिक सरकारले पनि मुलुकलाई निकास दिन सक्ने अवस्था नरहेको भन्दै उनले मध्यावधिको सम्भावना बढेर गएको दाबी गरे । उनले वर्तमान सत्ता गठबन्धन नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, विकास गर्न नसकेको, समृद्धि दिन नसकेको, अर्थतन्त्र डुबाएको, बैंकिङ क्षेत्र समाप्त गरेको, सहकारी क्षेत्रको ठगीलाई केही गर्न नसकेको, असक्षम, असफल र अयोग्य प्रमाणित भइसकेको बताए ।

‘गठबन्धन भ्रष्टाचारमा चुर्लुम्म डुबेको, विकास गर्न नसकेको, समृद्धि दिन नसकेको, अर्थतन्त्र डुबाएको, बैंकिङ क्षेत्र समाप्त गरेको, सहकारी क्षेत्रको ठगीलाई केही गर्न नसकेको, एकदम असक्षम, असफल र अयोग्य ।’ उनले भने, ‘यो मृत्यु हुन लागेको विरामीलाई ‘मल्टिअग्र्यान फेलियर’ भन्छ नि, यो ‘मल्टिअग्र्यान फेलियर’ को दिशामा गएको सरकार हो । यो जुनसुकै बेलापनि ढल्नसक्छ । नयाँ विकल्प पनि उचित आउने अवस्था नहुँदाखेरी मुलुक अर्लिइलेक्सनमा जानसक्छ । एमाले जुनसुकै विकल्पमा पनि आफूलाई तयार गरेर लागेको छ ।’

माओवादीभित्रको ठूलो समूहले परिआउँदा पार्टी विभाजन गर्ने तहसम्म तयारी गरिएको समेत उनले खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्