Logo

मधेशमा कांग्रेसको ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’अभियान सुरु



जनकपुर,१६ माघ । सत्तारुढ दल नेपाली कांग्रेसले मधेश प्रदेशका पर्सा,बारा, रौतहट,सर्लाही,महोत्तरी,धनुषा,सिराहा र सप्तरीको जिल्लाका सबै वडाहरुमा आजदेखि ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’अभियान सञ्चालन गर्ने भएको छ ।

अभियानका लागि कांग्रेसका केन्द्रिय सदस्यहरु किरण यादब,अनिल रुंगाटा,अजय सिवाकोटी,गणेश लामा,पदम नारायण चौधरी,राजिव ढुंगाना,अमृत अर्याल र लक्ष्मी खडिवडा आ-आफ्नो वडा स्तरीय कार्यक्रममा उपस्थित हुने र विभिन्न कार्यक्रम गरि सहिद दिवसको अवसरमा कार्यक्रम गर्ने कार्यसूची रहेको छ ।

कांग्रेसको उक्त अभियानका लागि प्रदेशका कार्यसमिति सदस्यहरु जिल्लाका सम्पूर्ण पदाधिकारीहरु,नगर सभापति, माहासमिति सदस्य, माहाधिवेशन प्रतिनिधिहरु,पुर्व पधिकारी, संगठनका जिम्मेवार पदाधिकारीहरुलाई परिचालन गरि सबै वडामा प्रतिनिधिलाई खटाइएको छ ।

‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियान माघ १६ गते देखि २६ गते सम्म जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको हुँदा अनिवार्य रुपमा आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा इमान्दारीका साथ निर्वाह गर्न कांग्रेसले निर्देशन दिएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य प्रतिनिधिहरु नेपाली काँग्रेस आज देखि मधेस प्रदेशको सबै वडाहरुमा जिल्ला नेतृत्वका साथीहरु गएर हरेक तह तप्का संगको विचार भावनालाई बुझ्ने एवं नागरिकको गुनासाहरु सुनेर टिपोर्टहरुलाई संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानमा लाग्ने कांग्रेसको योजना रहेको छ ।

यस्तै सो अभियान संचालनको लागि नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर कुमार यादब र मधेस प्रदेश उप सभापति विरेन्द्र प्रसाद सिंहलाई समेत खटाइएको छ ।

नेपाली कांग्रेस मधेस प्रदेश अन्तर्गत रहेकोे आठ ८ जिल्ला सभापतिहरूको अध्यक्षतामा बसि बैठकले निर्णय गरि सबै वडामा अभियान संचालन गर्ने निर्णय भएको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए । 



प्रतिक्रिया दिनुहोस्