Logo

लगातार ८ खेल हारेको कोशी सान्तवना जितको खोजीमा, लुम्बिनीलाई दियो १७३ रनको लक्ष्य



काठमाडौं,१६ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १७२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपूर मैदानमा सुरुआतमा ब्याटिङ गरेको कोशी ४४ ओभरमा १७२ रनमा अलआउट भयो । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४९ रन जोडे ।६५ बलको सामना गरेका उनले ९ चौका हिर्काएका थिए । उनी अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । त्यस्तै सौजन घिमिरेले ४० रन थपेको खेलमा मिनाश थापाले २५ र सोनु अन्सारीले १७ रन थपे ।

समिर कार्की, सुजन थपलिया र कमल खत्री शून्य रनमै आउट हुँदा कोशीले १८ रन अतिरिक्तमा पाएको थियो । बलिङतर्फ लुम्बिनीका नर सार्कीले चार तथा वीर मगरले तीन र अभिषेक गौतमले २ विकेट लिए ।

८ खेल खेलिसकेको कोशी प्रदेश हालसम्म जितविहीन रहेको छ भने लुम्बिनी ७ खेलमा एक खेल जित्दै अंक तालिकाको पुच्छरबाट दोस्रो स्थानमा रहेको छ । कोशीको यो अन्ति खेल हो । यस सिजनमा कुनैपनि राम्रो छाप छाड्न नसकेको कोशी आज लुम्बिनीलाई हराउँदै कम्तिमा सान्तवना जित निकाल्ने सोचमा रहेको छ भने लुम्बिनी पनि कमजोर कोशीविरुद्ध जित निकाल्दै दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्