Logo

सहिदहरूलाई अवमूल्यन गरेको भन्दै प्रचण्डविरुद्ध खनिए शेखर



काठमाडौं,१६ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको अवमूल्यन गरेको आरोप लगाएका छन् ।

मंगलबारबाट कांग्रेसले सुरु गरेको समूदायमा कांग्रेस अभियानको थालनी गर्दै विराटनगरमा आयोजित कार्यक्रममा डा कोइरालाले प्रधानमन्त्रीबाटै सहिदको अवमूल्यन गर्नु सामान्य नभएको बताएका छन् ।

प्रजातन्त्रका लागि बलिदानी दिएका सहिदको अवमूल्यन प्रधानमन्त्री दाहालले गरेको बताएका नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप सहिद थप्ने कुरा गर्नुभयो। सहिद दिवसका दिन हामीले सहिदहरूलाई अवमूल्यन गर्न भएन। त्यो कुरामा ध्यान दिन आवश्यक छ। प्रजातन्त्रका निम्ति बलिदानी दिएका सहिदहरूको अवमूल्यन प्रधानमन्त्रीबाटै भएको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले गत १३ गते राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै करिब ३ हजार जनालाई सहिद घोषणा गर्नेगरी सरकार अघिबढेको उल्लेख गरेका थिए । सो अभिव्यक्तिप्रति शेखरले आक्रोश पोखेका हुन् ।

कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे। उनले समुदायस्तरमा देखिएका कमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस्