Logo

सनसनीपूर्ण प्रदर्शन गर्दै ९ खेलमा ३० विकेट लिएका सूर्य, बन्लान त सन्दीपको विकल्प ?



काठमाडौं,१६ माघ । यस संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगीता राजधानीका २ सहित ३ रंगशालामा जारी रहेको छ ।

जारी प्रधानमन्त्री कपमा यसपटक विभिन्न रेकर्डहरु कायम भईरहेका छन् । यस संस्करणमा सर्वाधिक शतक बन्ने कीर्तिमान कायम हुँदा बागमती प्रदेशका युवा बलर सूर्य तामाङ आफ्नो धारिलो बलिङका कारण चर्चामा रहेका छन् ।

प्रधानमन्त्री कपमा सुर्यले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्दै समूह चरणका सबै खेलेका छन् । उनले ९ खेलमा कीर्तिमानी ३० विकेट लिएका छन् । यसअघि ललित राजवंशीले बनाएको सर्वाधिक २५ विकेटको कीीर्तमान यसपटक सूर्यले भंग गरेका हुन् ।

सूर्यले तेस्रो खेलमा मधेश प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिँदै सनसनी मच्चाएका थिए । त्यसपछि सूर्यले गत शनिबार लुम्बिनी प्रदेशविरुद्ध पनि ६ विकेट लिएर सनसनी मच्चाए । उनले यस प्रधानमन्त्री कपमा तीनपटक पाँचभन्दा बढी विकेट लिएका छन् ।

यस प्रतियोगितामा उनले पहिलो र दोस्रो खेलमा नेपाल पुलिस र एपिएफ क्लबविरुद्ध तीन-तीन, तेस्रोमा मधेशविरुद्ध ६, चौथोमा आर्मी क्लबविरुद्ध ५ तथा पाँचौं खेलमा कोशी प्रदेशविरुद्ध दुई विकेट लिए ।

सूर्यले छैटौँ र सातौं खेलमा भने एकरएक विकेट मात्र लिन सके । तर, आठौँ खेलमा उनले सुदूरपश्चिम प्रदेशविरुद्ध उत्कृष्ट पुनरागमन गरे । सो खेल सूर्यले १७ रन मात्र दिएर तीन विकेट लिए । त्यसपछि उनले नवौँ खेलमा घातक बलिङ गरे । लुम्बिनी प्रदेशविरुद्ध खेलिएको उक्त म्याचमा सूर्यले २६ रन मात्र दिएर ६ विकेट हात पारे ।

उनकै चामत्कारिक बलमा बागमती अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । उसको फाइनल पुग्ने सम्भावना जीवितै छ

बन्द प्रशिक्षण र अन्तिम १४ भित्र परे पनि सूर्यले राष्ट्रिय टिमबाट डेब्यू गर्न भने पाएका छैनन् । सूर्यको बलिङ औसत थियो । राष्ट्रिय टिमका नियमित सदस्य रहेका सन्दीप लामिछाने र ललित राजवंशी दुई स्पीनरले टिमको आवश्यकता अनुसारको प्रदर्शन गरिरहेकै थिए । त्यसैले उनी बन्द प्रशिक्षणदेखि अन्तिम १४ मा परे पनि खेल्ने अवसर पाएका थिएनन् ।

नेपालले सन् २०२४ को पहिलो सिरिज १० फेब्रुअरीदेखि क्यानडाविरुद्ध खेल्ने तालिका छ । घरेलु मैदानमा हुन लागेको उक्त तीन खेलको सिरिजमा नै सूर्यले नै डेब्यू गर्ने सम्भावना प्रवल देखिएको छ । हाल नेपाली राष्ट्रिय टिमका स्टार स्पिनर सन्दीप लामिछाने बलात्कार प्रकरणका कारण टिमबाट बाहिर रहेका छन् । सन्दीप जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने तयारीमा रहेका छन् । सन्दीप उच्चमा जाने र उच्चको फैसला आउन समय लाग्ने हुँदा उनको स्थानमा सूर्यले राष्ट्रिय टिमबाट खेल्न सक्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot