Logo

माइतिघरमा निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १६ माघ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले माइतिघर मण्डला क्षेत्रमा जारी निषेधाज्ञा खारेजीको मागसहित प्रदर्शन गरेको छ । नेपालको संविधानको धारा १७ ले नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रत्याभूत गरेको भएपनि सरकारले नागरिकको अधिकारमाथि बन्देज लगाएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनको अभ्यास गरिँदै आएको र अभ्यस्तसमेत भइसकेको माइतिघर मण्डलामा प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिने अभ्यासले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गरेको नेविसंघको ठहर छ ।

पीडित, नागरिक समाज तथा राजनीतिक पार्टीले स्वेच्छाचारीतन्त्रका विरुद्ध एवं न्यायका पक्षमा आवाज उठाउने साझा थलोका रूपमा ‘माइतीघर मण्डला’ रहँदै आएको स्मरण गराउँदै नेविसंघले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकोमा आपत्ति जनाएको छ ।

संविधानको मर्म र कानून विपरीत माइतीघर मण्डलामा भएको निषेधाज्ञा तत्काल खारेज हुनपर्ने नेविसंघको माग छ । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot