Logo

अस्वस्थ भएपछि राजेन्द्र पाण्डे अस्पताल भर्ना, माधव नेपाल पुगे भेट्न



काठमाडौं,१६ माघ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपनि उनी स्वयंभुको मनमोहन अस्पताल भर्ना भएका हुन् । पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएको एकीकृत समाजवादीले जनाएको छ । उनी केहि दिन अस्पतालमै रहने बताइएको छ ।

यसैबीच पार्टीका उपाध्यक्ष, पूर्व मुख्यमन्त्री तथा संसदीय दलका उपनेता पाण्डेलाई भेट्न पार्टी अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपवाल अस्पताल पुगेका छन । उनले अस्पताल पुगेर पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्