Logo

रविलाई आफ्नोभन्दा बढी शीर्ष नेताहरुको पीर



काठमाडौं, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु धाक, धम्कीले नडराउने बताएका छन् । राजनीतिमा कुनै लोभ लिएर नआएको बताउँदै उनले कसैले तर्साएको भरमा नडराउने बताए । आज (मंगलबार) राजधानीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति छोडेका दिन रास्वपाका सबै जना आ–आफ्नो पेशा व्यवसाय धानेर बस्न सक्ने बताउँदै डराउन पर्ने कारण नरहेको बताएका हुन् ।

बरु आफूलाई राजनीतिमा ब्याण्ड लगाइदिइयो भने शीर्ष नेताहरुले के गरेर खान्छन् होला भन्ने पीर लाग्ने गरेको उनले बताए ।

‘आज एउटा सिफारिसमा झुक्नुपर्ने ? आज कसैले तर्साएर, डराएर झुक्नुपर्ने ? तपाईँहरुलाई थाहा छ, टेलिभिजनमा काम गर्दा मलाई कति डर, त्रास, धम्की आएको थियो । कतिलाई त देखाइदिएको थिएँ । मैले भनेको थिएँ–आँट भए, हिम्मत भए देखाउ भनेर । कुनै डर छैन, डर र लोभ त्यागेपछि कसैसँग झुक्नुपर्दैन । त्यसकारणले डर पनि छैन, लोभ पनि छैन ।’ उनले भने, ‘के गुमाउनु छ र हामीलाई ? केही पनि गुमाउनु छैन । राजनीति छोडेका दिन हामी सबै जना आ–आफ्नो पेशा व्यवसाय धानेर बस्न सक्छौं । अब्बल भएर । म कहिले काहीँ हाम्रा शीर्ष नेताहरुलाई यसो देख्छु । केही गरी राजनीति गर्न ब्याण्ड लगाइदियो भने के गरी खानुहुन्छ होला भनेर बडो पीर लाग्छ । हामीसँग त्यो समस्यानै छैन ।’



प्रतिक्रिया दिनुहोस्