Logo

एपीएफविरुद्ध कर्णालीका अर्जुन र हिमांशुको अर्धशतक



काठमाडौं,१७ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम एपीएफविरुद्ध कर्णाली प्रदेशका युवा ब्याटर हिमांशु शाही र अर्जुन घर्तीले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेटम मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि ५० बलको सामना गरेका हिमांशुले ७ छक्का र २ चौका हिर्काउँदै ६२ रनको अर्धशतकीय पारी खेले भने अर्जुनले ७४ बलमा ३ छक्का र १ चौका हिर्काउँदै ५३ रन जोडे ।

ताजा अवस्थामा ३९ ओभरमा ७ विकेट गुमाएर कर्णालीले १८९ रन जोडेको छ । कर्णाली उपाधि होडबाट बाहिरिसकेको छ भने एपीएफको सम्भावना अंकगणितीय रुपमा कायम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot