Logo

अर्जुन र हिमांशुको अर्धशतकमा कर्णालीले दियो एपीएफलाई २०७ रनको लक्ष्य



काठमाडौं,१७ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशले एपीएफलाई २०७ रनको विजयी लक्ष्य पेश गरेको छ ।

त्रिविस्थित कीर्तिपुर मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको कर्णाली ४४।१ ओभरमा २०६ रनमा अलआउट भयो । कर्णालीका लागि हिमांशु शाही र अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ५० बलको सामना गरेका हिमांशुले ७ छक्का र २ चौका हिर्काउँदै ६२ रनको अर्धशतकीय पारी खेले भने अर्जुनले ७४ बलमा ३ छक्का र १ चौका हिर्काउँदै ५३ रन जोडे ।

अर्जुन र हिमांशुको अतिरिक्त दीपेन्द्र रावत २७, कप्तान रविन्द्र शाही २२, दिनेश अधिकारी १९ र प्रकाश पाण्डे १० रनमा आउट भए । राजेश खड्का, दिवान पुन र अर्जुन चनारा समान १ रनमा रनआउट हुँदा निश्चल रावलले ६ रन थपे ।



प्रतिक्रिया दिनुहोस्