Logo

२८ चौका र ९ छक्का हिर्काउँदै अपराजित पुलिसले दियो लुम्बिनीलाई २४६ रनको लक्ष्य



काठमाडौं,१७ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम पुलिसले लुम्बिनी प्रदेशलाई २४६ रनको चुनौती पेश गरेको छ ।

खराब मौसमका कारण ३८ ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गरेको पुलिसले आरिफ शेख र करण केसीको आक्रामक अर्धशतकमा ३७।३ ओभरमा अलआउट हुनुअघि २४५ रनमा अलआउट भयो ।

पुलिसका लागि ७६ बरमा ७६ रननै जोडेका आरिफले ९चौका र ३ छक्का हिर्काए भने करणले २७ बलमा समान ५ छक्का र चौकाको मद्धतमा ५७ रन जोडे । ओपनर कुशल भुर्तेलले ४८ रन थप्दा र अर्जुन साउदले २४ रन थपे ।

बलिङतर्फ लुम्बिनीका नर सार्कीले ४ तथा वीर मगरले तीन विकेट लिए । ७ खेलबाट अपराजित रहँदै १४ अंक जोडेको पुलिस फाइनलमा प्रवेश गर्दा लुम्बिनी उपाधि होडबाट बाहिरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot