Logo

यू-१९ विश्वकप: पहिलो पावर प्लेमा ३५ रन जोडेको नेपालको ३ विकेट गुम्यो



काठमाडौं,१७ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशविरुद्ध सुरुआतमा ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेको नेपालले पहिलो पावर प्लेको समाप्तीसम्म मभ्यम सुरुआत गर्दै ३५ रन जोडेर तीन विकेट गुमाएको छ ।

बंगलादेशले पहिलो पावर प्लेभित्रै नेपालको तीन विकेट लिएको छ । नेपालले ८।३ ओभरमा ओपनर अर्जुन कुमाललाई व्यक्तिगत १४ रनमा गुमाएको हो ।

यसअघि नेपालले दोश्रो क्रममा आएका ब्याट्सम्यान आकाश त्रिपाठीलाई गुमाएको थियो । उनी १३ बल खेल्दै नेपालका लागि ३ रन जोडेर पभेलियन फर्केका हुन्। नेपालले ओपनर ब्याट्सम्यान बिपीन रावललाई गुमाएको थियो। बिपीनले १२ बल खेल्दै २ रन जोडेका थिए।

ताजा अवस्थामा नेपाल ३ विकेट गुमाउदै १० ओभरमा ३५ रनमा खेलिरहेको छ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ ।

पछिल्लो खेलमा अफगानिस्तानबाट नेपालले तिलकराज भण्डारी र दिपक डुम्रेलाई बेन्चमा राखेको छ ।

समूह चरणमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर सुपर सिक्सका खेल अघि नै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्