Logo

प्रधानमन्त्री कप क्रिकेट: कर्णालीविरुद्ध आशिफले हिर्काए शतक



काठमाडौं,१७ माघ । प्रधानमन्त्री कप एकदीवसीय क्रिकेटमा विभागीय टिम एपीएफ क्लबका आशिफ शेखले शतक प्रहार गरेका छन् ।

कर्णालीविरुद्धको खेलमा आशिफले शतक हिर्काएका हुन् । उनले दोस्रो शतक पूरा गरे ।

यसअघि आसिफ शेखले २०२२ को कर्णालीविरुद्ध नै १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए ।

कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याउनेक्रममा आशिफले ११२ बलको सामना गर्दै शतक हिर्काएका हुन् । त्यसक्रममा उनाले ९ चौका र २ छक्कासमेत हिर्काएका छन् ।

आशिफले हिर्काएको शतकसँगै यस संस्करणमा १० शतक प्रहार भएको छ । यसअघि आर्मीका विनोद भण्डारीले २ शतक हिर्काउँदा आर्मीकै रासिद खान, कोशीबाट सुजन थपलिया, मधेशबाट अनिल साह र मयन यादव, एपीएफका सन्दीप जोरा, सुदूरपश्चिमबाट नरेन भट्ट र बागमतीका आाशुतोष घिरैयाले शतक प्रहार गरेका छन् ।

२०७ लक्ष्य रनको पछ्याएको एपीएफले ताजा अवस्थामा ४० ओभरमा १७७ रन जोडेको छ ।

यसैबीच एकैदिन एउटै घरका दुई दाजुभाईले नै उत्कृष्ट प्रदर्शन गरेका छन् । आशिफले शतक प्रहार गर्दा उनका दाजु आरिफ शेखले पनि शानदार अर्धशतक प्रहार गरेका छन् ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको लुम्बिनी प्रदेशविरुद्धको खेलमा नेपाल पुलिस क्लबका लागि आरिफ शेखले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । २६ वर्षीय आरिफ पुलिस क्लबका कप्तान पनि हुन् ।

आरिफले ७६ बलको सामना गर्दै ९ चौका र ३ छक्का हिर्काउँदै ७६ रनकै पाली खेलेका छन् । उनकै उत्कृष्ट प्रदर्शनमा पुलिसले लुम्बिनीलाई २४६ रनको विशाल लक्ष्य दिएको छ । विशाल लक्ष्य पछ्याएको लुम्बिनीले भने खराब ब्याटिङ गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot