Logo

रविले आफ्ना सांसदहरुलाई दिएको गृहकार्यमा के छ ?



काठमाडौं,१७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक डाकेको छ । शुक्रबार बिहान ११ बजेका लागि दलको बैठक डाकिएको रास्वपाले जनाएको छ ।

संसदीय दलको बैठकमा छलफलका एजेण्डाहरु संसद्मा प्रस्तुत हुने विधेयक, संसद्मा उठाउने नागरिक मुद्दा र अन्य विविध विषय रहेको रास्वपाले जनाएको छ ।

आगामी संसद्को अधिवेशनमा प्रभावकारी रुपमा कसरी प्रस्तुत हुन सकिन्छ भनेर पार्टी सभापति रवि लामिछानेले गृहकार्यको थालनी गरेका छन् । स्रोतका अनुसार सभापति लामिछानेले संसदीय दलको बैठकअघि आफ्ना सांसदहरुलाई गृहकार्य नै दिएका छन् । लामिछानेले लिखितरुपमै पत्र पठाएर आगामी संसद्को अधिवेशनमा प्रभावकारी रुपमा प्रस्तुत हुने विषयमा कार्य योजना बनाउन भनेका छन् ।

सभाति लामिछानेले ‘तत्काल बन्नुपर्ने ४० वटा कानुन तपाईँले प्रतिनिधित्व गर्ने समितिमा कुन– कुन पर्छन् ? तीमध्ये कुन–कुन कानुन प्रक्रियामा छन् ? बन्नुपर्ने कानुन हाम्रो वाचा पत्रको कुन मुद्दामा सम्बोधन गर्न सकिन्छ ? र तपाईँले संसदमा उठाउन चाहेका नागरिकका मुद्दा र समस्या के के हुन् ?’ भनी लामिछानेले प्रश्न आफ्ना सांसदहरुलाई पठाएका छन् ।

संसद्को हिउँदे अधिवेशन यहि २२ गतेबाट सुरु हुँदैछ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्