Logo

रास्वपाले विभिन्न २१ वटा आयोजनामा दवाब यात्रा गर्ने



काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी माघ २१ गतेदेखि मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्ने भएको छ । रास्वपाले विकास आयोजनाहरुमा दवाब यात्राको सुरुवात गर्न लागेको हो । मेलम्ची खानेपानी आयोजनाको दवाब यात्रामा पार्टी सभापति रवि लामिछानेसहित पार्टीका सबै सांसद र केन्द्रीय स्तरका नेताहरु सहभागी हुनेछन् ।

रास्वपाले अरु दवाब यात्रा गर्ने आयोजना र सांसदहरुको नाम टुंग्याएको छ । तर, मितिभने टुङ्गो लगाएको छैन । रास्वपाले प्रत्येक प्रदेशमा तीन/तीन वटा आयोजनामा दवाब यात्रा गर्ने तयारी गरेको छ । जसअनसार कोशीमा भेडेटार–रवि–राके सडक, सगरमाथ राजमार्ग (गाईघाट– दिक्तेल सडक), इनरुवा–देवानगंज– कोवाखोच सडक रास्वपाले दवाब यात्राका लागि छनोट गरेको छ ।

त्यसैगरी, मधेशमा कमला पुल (धनुसा/सिराह) हेटौंडा– ढल्केवर–इनरुवा ट्रान्समिसन लाइन, जनकपुर परिक्रमा सडक (धनुषा) र काठमाडौं–मधेश द्रुतमार्गलाई दवाब यात्रा गर्ने आयोजनामा छनोट गरिएको छ । त्यसैगरी बागमतीमा मेलम्ची खानेपानी आयोजना सिन्धुपाल्चोक/काठमाडौं, नारायणगञ्ज–पुलचोक–गोन्द्राङ सडक (चितवन) र पासङल्हामु सडक आयोजनालाई छनोट गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा बुर्तिबाङ–बाग्लुङ सडक (मध्यपहाडी लोकमार्ग, पहिलो खण्ड), घुमाउने पुल र सडक स्तरोन्नति (चितवन/तनहुँ), ११ किलो छेपेटार भालुस्वाँरा वारपाक सडक (गोरखा), लुम्बिनी प्रवेशमा घोराही–तुल्सीपुर–सल्यान पश्चिम रुकुम सडक, न्यू बुटवल गोरखपुर ट्रान्समिसन लाइन, लुम्बिनी विकास गुरुयोजना, कर्णाली प्रदेशमा भेरी–बबई डाइभर्सन, कर्णाली राजमार्ग (दैलेख खण्ड), कोहलपुर(सुर्खेत जुम्ला ट्रान्समिसन लाइन र सुदूरपश्चिम प्रदेशमा महाकाली करिडोर, दैजी–जोगबुढा सडक र धनगढी–दीपायल फास्ट ट्रयाक दवाब यात्राका लागि छनोट भएका छन् ।



प्रतिक्रिया दिनुहोस्