Logo

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त



काठमाडौं,१८ माघ । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद्को आजकै बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्