Logo

पृथ्वीले धान्न नसक्ने गरी कार्बन उत्सर्जन भइरहेको छ, रोकथामका उपाय खोज्नुपर्छः केपी ओली



काठमाडौं, १८ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीले धान्न नसक्ने गरी कार्वन उत्सर्जन भइरहेको भन्दै त्यसको रोकथाम र समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् । आज (बिहीबार) पार्टीको केन्द्रीय वन तथा वातावरण विभागले आयोजना गरेको जलवायु परिवर्तनले वातावरण र जनस्वास्थ्यमा पारेको असर र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले. प्रकृति र द्योगहरूबाट कार्बन उत्सर्जन बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

कार्बन उत्सर्जन बढ्दै गएको र यसको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ मानिसको ध्यानआकर्षित हुनुपर्ने उनको भनाइ छ । वातावरण बिग्रिसकेपछि सबै चिजमा बिग्रने र त्यसले दिमागमा समेत असर पुग्न जाने अध्यक्ष ओलीले बताए । अध्यक्ष ओलीले काठमाडौं उपत्यकाको हकमा कार्वन उत्सर्जनका प्रभाव र त्यसले मानव जीवनमा पार्ने असरको विषयमा अनुसन्धान गरेर समाधानतिर जानुपर्ने बताए ।

सीजीबी इन्डस्ष्ट्रीलाई सरकारले ध्यान नदिएको अध्यक्ष ओलीको आरोप छ । उनले पार्टीको वन तथा वातावरण विभागले आयोजना गरेको कार्यक्रमले यस विषयमा सरकारको ध्यानाकार्षण गराउने विश्वास व्यक्त गरे । नेपालले अर्न्तराष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनको विषयमा व्यापक रूपमा प्रस्तुति गर्न आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्