Logo

मधेशका मुख्यमन्त्री यादवलाई राजीनामाको लागि दवाब, सरकारको नेतृत्वमा कांग्रेसको दाबी



काठमाडौं, १८ माघ । नेपाली कांग्रेसले मधेशका मुख्यमन्त्री सरोज यादवलाई राजीनामाको लागि दवाब दिएको छ । सहमतिअनुसार यादवले एक वर्ष सरकारको नेतृत्व गरिसकेको भन्दै कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरेको हो ।

प्रदेशमा सहमति अनुसार अब आफूहरुले सरकारको नेतृत्व पाउनुपर्ने भन्दै मधेशका कांग्रेस नेताहरुले सभापति शेरबहादुर देउवालाई भेटेर दवाब दिइरहेका छन् ।

मधेशमा जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि अन्यौलता सिर्जना भएको हो । मुख्यमन्त्रीमा जनमतले पनि दाबी गर्दै आएको थियो । तर, जनमत सरकारबाटै बाहिरिएपछि कांग्रेसले दाबी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्