Logo

ज्ञानेन्द्र राजा हुन जन्मिएको मान्छे होईन, ब्यापार ब्यबसाय गरेर बस्दा राम्रोः एमाले नेता रिजाल



काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ब्यापार ब्यबसाय सम्हालेर अगाडि बढ्न सुझाव दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ज्ञानेन्द्र राजा हुनका लागि जन्मिएको मान्छे नभएको बताए । राजाको जेठो छोरामात्रै राजा हुने बताउँदै उनले ज्ञानेन्द्र ब्यापारीमात्रै भएको बताए ।

‘उहाँ राजा हुन जन्मिएको मान्छे होईन । उहाँ ब्यापारी हो । ब्यापार ब्यबसाय छ, उहाँले आफ्नो ब्यापार ब्यबसाय गरेर बस्दा हुन्छ,’– उनले भने ।

ज्ञानेन्द्र स्वयमंको कारणले दरबार हत्याकाण्डको विषय पछिल्लो समय चर्चामा आएको बताए । ज्ञानेन्द्रले गरेको गतिविधि र मुख मिठ्याउने कोशिसले उनलाई नै घाटा हुने नेता रिजालको भनाइ छ ।

साथै, एमालेविरुद्ध लागेको विवादित ब्यबसायी दुर्गा प्रसाईँलाई उनले बैंक ऋण तिर्न सुझाव दिए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल कांग्रेसको पिछलग्गु बनेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्