Logo

अधिवक्ता नेपालको आरोप, ‘रविको पार्टी विदेशीबाट सञ्चालित अराष्ट्रिय परतन्त्र पार्टी’



काठमाडौं, १९, माघ । अधिवक्ता स्वागत नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी विदेशीबाट सञ्चालित रहेको आरोप लगाएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रवि लामिछानेको पार्टीको नामै गलत भएको बताए । उनले उक्त पार्टीको नाम अराष्ट्रिय परतन्त्र पार्टी हुनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी रहन गएको टिप्पणी गरे ।

‘त्यो पार्टीको नाम गलत भयो । त्यो राष्ट्रिय स्वतन्त्र पार्टी होईन । अराष्ट्रिय परतन्त्र पार्टी हो । विदेशीबाट सञ्चालित हो,’– उनले भने ।

साथै, आफू दुई सदनात्मक संसदीय व्यवस्थाको खारेजीको पक्षमा रहेको उनले बताए । देशमा अस्थिरताको अन्त्यका लागि दुई सदनात्मक व्यवस्थाको अन्त्य गरी प्रत्येक जिल्लाबाट एक महिला र एक पुरुष गरी दुई जना जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनले बताए ।

सहकारी पीडितहरुको समस्याबारे बोल्दै उनले हिजो बन्दुक देखाएर बैंक लुट्ने र आज आफ्नो अनुहार र क्यामेरा देखाएर सहकारी लुट्ने दुवैबाट जनता पीडित भएको बताए । आफु देशको कानुनमा मृत्यु दण्डको ब्यवस्था गरिनुपर्ने पक्षमा रहेको बताउँदै यसरी मानिसहरुलाई आत्महत्या गर्न बाध्य पार्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताए । उनले गम्भीर राष्ट्रघात गर्ने, बालबालिका बलात्कार र हत्या गर्ने, देशघाती सन्धि सम्झौता र देशका सूचना विदेशीलाई बेच्नेलाई मृत्युदण्ड हुनुपर्ने पक्षमा आफू रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्